“जवाफ देउ मेरो सरकार हामी युवाहरूलाई”
रामकृष्ण महर्जन
मरूभूमिको यो तातो गर्मीमा दिनभरी पसिनाले निथ्रुक्क भिजेको शरीरलाई यो सानो बन्द कोठा भित्र चलिरहेको चिसो एसीमा आफूलाई सुकाई रहेको छु अनी पल्टीएको छु यो थोत्रो पलङ माथि र अनि देखिरहेको छु अनेक सपनाहरू यो आँखा झिमिक्क गर्न मान्दै मान्दैन सायद निन्द्राले पनि अन्तै बसाइ सारेछ क्यारे ।
कोठामा मजस्तै आफ्नो जिन्दगीको कुनै टुंगो नभएको ६(छ) जना साथीहरू गहिरो निन्द्रामा सास फेरीरहेका छन् । कहिले काहिं त डर लाग्छ, दिनभरको चर्को घाममा पसिना टप्प टप्प चुहाएर, राति चिसो एसीमा सुतेका साथीहरू, कतै ब्लड सर्कुलेशन बन्द भएर सुतेको सुतै हुन्छन् हो कि भनेर । मलाई डर लाग्नु पनि स्वभाबिकै हो । केहि बर्ष अगाडि दिनको डिउटी सकेर राति कोठामा आफ्नो शरीरलाई आराम दिन गएको सँगै काम गर्ने मेरो प्यारो साथीलाई गुमाएकोछु मैले सदा सदाको लागि । सुतेको सुतै भएको छ त्यो साथी, राती पख अनेक सपना बुनेर सुतेको त्यो साथी, जिन्दगी भरी कहिल्यै नफर्किने गरी टाढा भएको छ यो धरतीबाट, त्यो दृष्टिहरू अझै पनि घुमिरहेछ मेरो मस्तिष्कमा यी आँखाका वरिपरी, कठै यो हामी नेपालीका जिन्दगी !
फेसबुकको भित्ताभरी प्रत्येक साथीहरूले अफगानिस्तान अफगानिस्तान लेखिरहेका छन्, अनी ती १२ (बाह)्र जना अभागी नेपालीहरू सुतेको गुलाबी रंगको बाकसको फोटोमात्र अपलोड गरीरहेका छन्, म ति आँशु खसाल्दै भक्कानिंदै रोइरहेकि दिदीको फोटो हेरिरहेको छु, अनी एकनाशले हेरिरहेको छु ती अबोध बालकलाई, जसले आफ्नो बाबाको मृत शरीरलाई हेर्न घण्टौंदेखि कुरिरहेको थियो, अनि मनमनै भनिरहेको छु, कठै हामी नेपाली परदेशिएका अभागी युवाको जिवन, कति सस्तो भयो हाम्रो रगत अनी कति सस्तो भयो हाम्रो मृत्यु, कहिलेकाहिं त यस्तो लाग्छ, सायद हामी नेपालीमा ईमान्दारीता र बहादुरिताको रगत भएरै होला, सधै यो धरतिले हामी नेपालीको बलि मन पराउने रहेछ, बिश्व युद्धमा बिश्वका कुना कुनामा वीर गोर्खाललीहरूको रगतले भिज्यो, जन युद्धमा आफ्नै देशको माटोमा रगतको खोलो बग्यो, कस्मीरको धरति भिज्छ, कहिले इराकको, कहिले मलेसियाको धरति भिज्छ त कहिले अरबको । त्यस्तै अस्तिको सोमबार अफगानिस्तानको माटोमा तेह्र जना हाम्रा नेपाली दाजुभाईहरूको रगतको खोलो बग्यो, आखिर कहिलेसम्म समाप्त हुन्छ होला हामी नेपाली दाजुभाईहरुले बिश्वको कुना कुनामा रगत रङग्याउँदै हिड्ने दिन ? एक मात्र बिमानस्थलमा बिदेशिनेहरूको लस्करले मेरो मातृभूमि पक्कै पनि खुशी छैन, दिनहुँ फर्किने बन्द बाकसहरूले प्रत्येक गाउँका चेलीहरूको सिउँदोहरू पुछिएको छ, केटा केटीहरूको खूशी र भबिष्य खोसिएको छ, नेपाल आमाले प्रत्येक दिन कर्णधार सन्तान गुमाए रहेकी छिन, यो मेरो देशको बिडम्बना हो । कपालको रंग कालो छँदै एउटा झोलामा आफ्नो सुनौलो भबिष्यको अनेक सपनाहरू प्याक गरेर त्यो आकाशको बाटो हुँदै बिरानो भूमिमा ल्याण्ड गरेको परदेशी, त्यो चर्को घाम अनी उजाड मरूभूमिमा आफ्नो निधारबाट टप्प टप्प चुहिएको पसिनालाई आफ्नो पाखुरीले पुछ्दा पुछ्दै, त्यो कालो कपाल कति खेर सेतो भयो उसलाई पनि पत्तो नहुँदो रहेछ । अझ दिनभरिको चर्को घाममा काम गरेर राति चिसो एसीमा सुतेको मानिस बिहान जिउँदै उठ्छ या सदाको लागि सुत्छ, त्यसको पनि ठेगान नहुँदो रैछ परदेशमा । त्यस्तै अन्यौलको जीवन बाँचिरहेको नेपाली मध्ये हिजो अनेक सपना बोकेर ईराक पसेका बाह्र जना युवाहरू रेतिय, आज त्यस्तै सपना पालेका ती निर्दोश युवाहरु काबुलमा मरेको भेटिए, ए मेरो देशको सरकार ! कहिलेसम्म त्यो बिमानस्थलमा रातो बाकस भित्र प्याक भएर आएको लासको मात्र गिन्ती गरेर बस्ने हामी ?
कहिलेसम्म अझै कति पुस्ताले यो बिदेशको भूमिमा आफ्नो रगत अनी पसिनाले भूमि गिलो बनाईराख्नु पर्ने हो सरकार ! तिम्रो देश छोडेर मुग्लान पसेका म जस्तै अन्य पचासौं लाख युवा युवतीलाई जवाफ देउ ! मेरो देशको
सरकार– जवाफ देउ मेरो देशको सरकार ।
बिदेशिएका श्रमिकको तर्फबाट रामकृष्ण महर्जन र दीपेन नेवाः

No comments:
Post a Comment